जेठ २९ गुल्मी – आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
मदाने गाउँपालिका–४ की २४ वर्षीय एक महिलाले आफ्नै श्रीमानले जबर्जस्ती बलात्कार गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
दुई सन्तानकि आमा बनिसकेकि ती महिलाले शनिबार जिल्ला प्रहरी कार्यालयमा आफुहरु बिच २०६८ सालमा विवाह भएको र केही समययता विभित्र डर–धाक, धम्की देखाई पटकपटक आफ्नो ईच्छा विपरीत जबर्जस्ती बलात्कार गर्ने गरेको उल्लेख गरि उजुरी दिएपछि अनुसन्धानकाे लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव खरेलले बताए।
दुवै जनामाथि अनुसन्धान गरिरहेकाे र खास वास्तविक समस्या बारे अझै केही नखुलेका अहिले नै प्रहरीले नाम खुलाउन नमिल्ने प्रहरी नायव उपरीक्षक खरेलले बताए।