जेठ २९ राेल्पा – जिल्ला समन्वय समिति रोल्पामा माओवादी केन्द्रका मात्रै उम्मेदवारहरु निर्वाचित भएका छन।

प्रमुखमा नेकपा माओवादी केन्द्रकी सिता आचार्य निर्विरोध निर्वाचित भएकी छिन्। त्यस्तै गरि उपप्रमुखमा माओवादी केन्द्रकै कर्मलाल परियार निर्वाचित भएका छन। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेक बहादुर बस्नेतलाई पराजित गरेका हुन। कुल १९ मत खसेकाेमा परियारले १३ मत लिदा बस्नेतले ५ मत लिएकाे र १ मत बदर भएको मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले बताए।

उपप्रमुखकाे लागि मात्रै निर्वाचन भएकाे हाे भने अन्य सबै पदमा निर्विरोध चयन भएका हुन।
सदस्यहरुमा इन्द्र बहादुर रोका मगर, मिना सुनार, केवलप्रसाद घर्ति, सर्मिला पुन, शेरबहादुर पुन, जित कुमार विक, निलम सुनार निर्विरोध निर्वाचित भएका छन

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार