जेठ २९, सल्यान – जिल्ला समन्वय समिति सल्यानमा गठबन्धनका प्यानल विजयी भएका छन ।

जिल्ला समन्वय समिति सल्यानको प्रमुखमा कांग्रेसका बेलाराम रावल विजयी भएका छन् । रावलले कुल २० मतभार रहेकोमा १५ मत ल्याएर रावल विजयी भएका हुन् ।
यस्तै उपप्रमुखमा माओवादी केन्द्रका अशवीर बुढाथोकी निर्वाचित भएका छन् । बुढाथोकीले १४ मत ल्याएका हुन् ।
त्यस्तै महिला सदस्यमा कांग्रेसका हिराकुमारी शाह चन्द, बिमला कुमारी खत्री र माओवादी केन्द्रकी विन्दु पुन विजयी भएका छन् ।
दलित तथा अल्पसंख्यक सदस्यमा माओवादीकी जमुना विक तथा अन्य सदस्यहरुमा कांग्रेसका बालकृष्ण भण्डारी, समाजवादीका चेतन गिरी र हरि केसी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७९ जेष्ठ २९ गते आइतवार