जेठ २९ सल्यान – जिल्ला समन्वय समिति सल्यानको निर्वाचनमा अन्तत: सत्ता गठबन्धन नै कायम भएको छ।
यसअघि गठबन्धन भित्रकै दलहरुबाट उम्मेदवारी परे पनि आजै १० बजे हुदै छ भने आजै बिहान गठबन्धन दलहरुकाे आकस्मिक बैठक बसि गठबन्धनका साझा उम्मेदवार चयन गरि निर्वाचनमा जाने निर्णय गरेकाे सत्ता गठबन्धनका दलहरु नेपाली कांग्रेसबाट जिल्ला सचिव एकराज भण्डार, माओवादी केन्द्रबाट जिल्ला संयाेजक कृति बहादुर पुन र समाजवादीबाट जिल्ला अध्यक्ष हरि केसीले संयुक्त विज्ञप्ति सार्वजनिक गरि मतदानकाे लागि अपिल गरेका छन।
जस अनुसार प्रमुख पदमा नेपाली काँग्रेसका बेलाराम रावल – चुनाव चिन्ह – रुख, उपप्रमख पदमा अशवीर बुढाथोकी नेकपा(माओवादी केन्द्र ) चुनाव चिन्ह – गोलाकारभित्रको हँसिया हथौड़ा रहने गरि सहमति भएकाे केसीले बताए।
यसअघि प्रमुखमा लाेकबहादुर डाँगीलाई उम्मेदवार बनाएर दाबी गरेकाे समाजवादी अन्तत: पछि सर्दै दुई सदस्यमा नै गठबन्धनमा सहमति दिएकाे हाे।
त्यस्तै गरि महिला सदस्य पदमा हिराकुमारी शाह चन्द – नेपाली काँग्रेस चुनाव चिन्ह – रुख, बिमला कुमारी खत्री – नेपाली काँग्रेस – चुनाव चिन्ह – रुख, विन्दु पुन – नेकपा (माओवादी केन्द्र ) चुनाव चिन्ह – गोलाकारभित्रको हँसियाहथौडा रहेका छन।
दलित वा अल्पसंख्यक सदस्य तर्फ जमुना विक – नेकपा(माओवादी केन्द्र ) चुनाव चिन्ह – गोलाकारभित्रको हँसियाहथौडा र अन्य सदस्य पदमा बालकृष्ण भण्डारी – नेपाली काँग्रेस – चुनाव चिन्ह – रुख, चेतबहादुर गिरी – नेकपा(एकीकृत समाजवादी ) चुनाव चिन्ह – कलम, हरिलाल खत्री – नेकपा (एकीकृत समाजवादी ) चुनाव चिन्ह – कलम रहने गरि निर्वाचनमा जाने सहमति भएको हाे।
गठबन्धन संग प्रतिद्वन्द्वीकाे रुपमा नेकपा एमालेबाट प्रमुखमा नारायण खत्री, उपप्रमुखमा बेलबहादुर चन्द, महिला सदस्यमा हाेमकुमारी बुढामगर, दलित वा अल्पसंख्यक सदस्यमा विष्णु वली राजी र अन्य सदस्यमा डुमबहादुर खत्री र ढकलाल रावल रहेका छन।