जेठ २८ नुवाकोट – ककनी स्थित हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका एक व्यक्तिकाे अटेरीले गर्दा ९ घण्टामा ९० लाखकाे घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ।
बिहान करिब १० बजेबाट तारतारै हिँडेपछि त्रिशुली थ्री ए जलविद्युत आयोजना ९ घण्टादे पूर्णरुपमा अवरुद्ध भएपछि प्राधिकरणले ९० लाख बराबरको घाटा बेहोर्नु परेकाे प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले बताए।
९ घण्टा ७० मेगावाट विद्युत प्रशारण बन्द गरेपछि काठमाडौं आउने र भारत पठाउने राष्ट्रिय प्रशारण लाइन नै त्यहि मुख्य लाइन रहेकाले घाटा धेरै बेहाेर्नु परेकाे र याे प्रशारण लाइनमा दुईवटा सर्किट मध्ये एउटा मात्रै चालू अवस्थामा रहेकाे र उनी त्यहि बन्दवालामा चढेकाे हुदा थप क्षति नहाेस भनेर चालू सर्किट पनि बन्द गरेपछि मानविय क्षति लगाएत अन्य थप क्षति हुनबाट जाेगिएकाे निर्देशक घिसिङले बताए।
बिहान परिवारमा झगडा गरेर करिब १० बजेदेखि ककनी गाउँपालिका-७ मा रहेको प्रसारण लाइनको तारमा झुण्डिएका बेलकोटगढी नगरपालिका-१३ घलेगाउँ बस्ने ४४ वर्षीय माइला विकलाई ९ घण्टापछि नेपाली सेनाले हेलिकप्टरबाट सकुशल उद्दार गरेकाे छ।