जेठ २७ स्याङ्जा – प्रतिबन्धित लागुऔषध सहित १ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेकाे छ।
पक्राउ पर्नेमा कास्की पोखरा लेखनाथ महानगरपालिका-१७ छोरेपाटनका ३२ वर्षिय बिजय परियार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
बिहीबार स्याङ्जा पुतलीबजार नगरपालिका -१ तीनधारे स्थित सिद्वार्थ राजमार्गमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले सुनौली देखि पोखरातर्फ आउँदै गरेको लु १ ख ९०७७ नम्बरको बसमा चेकजाच गर्ने क्रममा उक्त बसमा सवार परियारकाे साथबाट अवैध लागुऔषध डाईजेपाम ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल, फेनरागन ४५ फेला परेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।
पक्राउ परेका परियारलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता प्रहरी नायव उपरीक्षक खनालले बताए।