सल्यानमा वडाध्यक्ष सहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ।

शारदा नगरपालिका -१ श्रीनगरस्थित लोकबहादुर बुढाथोकीको घरमा आइतबार बिहान ५ बजे जुवातास खेलिरहेको अवस्थामा शारदा नगरपालिका -१ का वडाध्यक्ष प्रदीप पाण्डे सहित ६ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

त्यसैगरी पक्राउ पर्नेमा घरधनी लोकबहादुर बुढाथोकी, महोमत मिया, राजु भण्डारी, सागर पाण्डे र दार्मा गाउँपालिका -६ का झपेन्द्र प्रकाश रोकाय रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीले बताए।

उनीहरूको साथबाट १ लाख ७ हजार ६ सय २५ रुपैयाँ नगद र ११ गड्डी तास समेत बरामद गरिएको छ । पक्राउ परेका वडाअध्यक्ष पाण्डे नेपाली काँगेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रकाशित मिति : २०८२ कार्तिक ३ गते आइतवार