दाङमा वडाअध्यक्ष र इन्जिनियर सहित १३ जना जुवाडे पक्राउ परेका छन।
आर्थिक रुपमा हारजित हुनेगरि जुवा हुदै भन्ने गाेप्य सुचना पाएपछि खटिएको प्रहरीले घाेराहीकाे काठेकोल स्थित एक होटेलमा जुवातास खेलिरहेका घोराही उपमहानगरपालिका -१८ का वडाध्यक्ष भरतमणि अर्याल र घोराही उपमहानगरपालिकामै कार्यरत इन्जिनियर प्रवीण रावतसहित १३ जना जुवाडे गए राति पक्राउ जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
उनिहरुबाट लाखौं नगद रकम समेत बरामद भएको छ। पक्राउ पर्नेमा घोराही -१८ का कृष्णबहादुर घर्ती, प्रहरीका पूर्व प्रहरी निरीक्षक नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटल सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका -२ का तेज प्रसाद आचार्य पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले बताए।
उक्त जुवाको खालबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ र ३ गड्डी तास प्रहरीले बरामद गरेको छ । पक्राउ परेका वडा अध्यक्ष अर्याल एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
त्यसैगरि प्रहरीले गए राति न घोराहीकाे अर्को जुवाको खालबाट पनि पक्राउ गरेको छ। घोराही -१५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका घोराही १८ का अनुप कशौधन, घोराही १५ का ज्ञानेन्द्र रिजाल, एकराज खत्री र घोराही -१४ का सोहेलमान मनसुरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूको साथबाट ६० हजार ६ सय ४० रुपैयाँ बरामद गरेको हाे पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङकाे हिरासतमा राखिएको डिएसपी शाहले बताए।