जेठ २७ सल्यान  – आज एकैदिन जिल्लामा भएका छुट्टाछुटै सडक दुर्घटनामा परि ७ जना घाइते भएका छन् ।

कपुरकोट गाउँपालिका यात्रुवहाक जीप दुर्घटना हुदा ६ जना र बनगाड कुपिण्डे नगरपालिकामा ट्याक्टर दुर्घटनामा १ जना गरि ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

कपुरकाेट-राेल्पा सडक खण्ड अन्तर्गत कपुरकोट गाउँपालिका -३ घुम्तीमाेडमा दाङ तुलसीपुरबाट कपुरकोट गाउँपालिका -२ गर्पा जाँदै गरेको १२ जना सवार रा १ ज ४६० नम्बरको जिप दुर्घटना दुर्घटनामा परी कपुरकोट गाउँपालिका १ का २९ वर्षीय खिम बहादुर पुन, ३५ वर्षीय सुर्वण कुमार घर्ती, ६२ वर्षीया भद्री बुढा, वडा न ५ का ८० वर्षीया कलसी बस्नेत, वडा न २ का ६५ वर्षीया पावर्ती वली र रोल्पा रन्टीगढी गाउँपालिका ८ की ६३ वर्षीया वनिकला घर्ती रहेका छन भने अन्य १२ जना सकुशल रहेका छन। घटनास्थलमा खटिएको प्रहरी चौकि कपुरकाेटबाट प्रहरी नायव निरीक्षक नन्दलाल भारतीकाे कमान्डमा चार जनाकाे प्रहरी टाेलीले उद्दार गरि घाइते सबैलाई उपचारकाे लागि दाङ पठाइ जीप चालक दाङ तुलसीपुर उपमहानगरपालिका -९ का ३३ वर्षीय हरि डाँगीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालले बताए

उता सल्यान र सुर्खेतकाे सिमाना बनगाड कुपिण्डे नगरपालिका -१२ मसिनामा शुक्रबार बेलुका ५:३० बजेतिर भएको ट्याक्टर दुर्घटनामा एकजना घाइते भएका छन् । साेहि नगरपालिका भदालेबाट सुर्खेतको बोटेचौर तर्फ जाँदै गरेको भे १ त ८८४१ नम्बरको लाेड सहितकाे ट्याक्टर दुर्घटना हुदा चालक जाजरकोट शिवालय गाउँपालिका -३ का अन्दाजी २० वर्षीय ललित थापा घाइते भएका छन। घटनास्थलमा प्रहरी चौकी बनगाड र अस्थायी प्रहरी पाेष्ट धारापनीबाट खटिएको संयुक्त प्रहरी टाेलीले उद्दार गरि उपचारकाे लागि सल्यान जिल्ला अस्पतालमा उपचार पठाएको र अवस्था मध्यम रहेकाे प्रहरी निरीक्षक खनालले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २७ गते शुक्रवार