जेठ २५ काठमाडौं – अब असार १ गतेदेखि भदौ मसान्तसम्मकाे समयभित्र सडक निर्माण स्वीकृति नपाइने भएको छ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागले आगामी असार १ देखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने बताएको छ। यद्यपि कसैले सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत विभागले चेतावनी दिएको छ।
यी तीन महिनामा नेपालमा वर्षायामकाे समय भएकाले धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रदै जाने भएकोले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक डिभिजनहरुकाे मातहत रहेका कुनैपनि सडक खन्ने स्वीकृति नपाइने विभागले सुचना सार्वजनिक गरि बताएको छ।