जेठ २५ चितवन – बिहानै तिनवटा सवारी साधन एकै ठाउँमा संगै ठाेक्किदा एक जनाकाे घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङ रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवन इच्छाकामना गाउँपालिका–४ लेवाटार स्थित पृथ्वीराजमार्ग अन्तर्गत काठमाडौँबाट मुग्लिन तिर आउँदै गरेका मृतक चेपाङले चलाएकाे बा ७५ प ६११६ नम्बरको मोटरसाइकल र प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कार ठाेकिएर विपरीत दिशाबाट आउँदै गरेको ना ७ ख १३७१ नम्बरको ट्याङ्करमा समेत ठाेकिन पुगेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।
ट्याङ्कर र कार सहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक चेपाङको शव पाेष्टमार्टमका लागि भरतपुर सरकारी अस्पतालमा राखिएको प्रहरी उपरीक्षक अधिकारीले बताए।