जेठ २३ काठमाडौ – निर्वाचन आयोगले असार १ देखि पुनः मतदाता नामावली संकलन गर्ने भएको छ।

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई मध्येनजर गरि स्थानीय तह निर्वाचन घोषणा भएपछि गत माघ २५ गते स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक आगामी असार १ गते देखि सञ्चालन गर्ने आयोगले सोमबार विज्ञप्ति मार्फत जनाएकाे छ।

नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगेर नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सकिने छ।

त्यसैगरी पेशा व्यवसायका कारण अर्को जिल्लामा बसाेबास गरिरहेकाहरुले पनि आवश्यक प्रमाण सहित आफू रहेकाे निर्वाचन कार्यालयमा निजकाे नाम निजकै स्थायी ठेगानामा रहने गरि बाहिरी जिल्ला मतदाता दर्ता समेत संचालन हुने आयाेगले जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २३ गते सोमवार