जेठ २२ रुपन्देही – बिहानै यात्रुबाहक बस दुर्घटनामा परेकाे छ।

जनकपुरबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान करिब ५ बजेतिर हुलाकी राजमार्ग अन्तर्गत भैरहवा नजिकैको रोहिणी खोलाको पुलबाट तल खोलामा खसेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएकाे छ।

अहिलेसम्म ९ जनाकाे शव निकालिएकाे र उद्दारकाे काम जारी रहेकाले थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

बसमा कतिजना सवार थिए भन्ने एकिन नभएको र अहिलेसम्म करिब ३०/३५ जनाकाे उद्दार गरि भैरहवास्थित भीम अस्पतालमा र युनिभर्सल शिक्षण अस्पतालमा उपचारको लागि पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

उद्दारकाे लागि तीन वटा डाेजर सहित सुरक्षाकर्मी र स्थानीयहरु खटिएको पुलमाथिबाट बस खसेकाे हुनाले मृतककाे संख्या बढन सक्ने र घाइतेहरु प्राय: गम्भीर रहेकाले रिफर गर्नुपर्ने र हेलिकप्टरकाे लागि समेत पहल थालिएको प्रहरी उपरीक्षक रेग्मीले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार