जेठ २० सल्यान – तीन देखि भेरी नदीमा डुबेर बेपत्ता भएकि बालिकाको शव फेला परेकाे छ।
बनगाड कुपिण्डे नगरपालिका -३ कारा बस्ने अमर विककि अन्दाजी १४ वर्षिया छाेरी गिता विककाे शव बनगाड कुपिण्डे नगरपालिका -११ सिस्नेपातल नजिकै फेला परेको त्यहाँबाट पत्रकार इन्द्रबहादुर बुढाथोकीले बताए।
मंगलबार अपरान्ह ४ बजेतिर धान कुटन कारागाउको जिउला स्थित मिलमा गएकाे बेला भेरी नदिमा नुहाउने क्रममा डुबेपछि बेपत्ता भएकि थिइन।
उनी बेपत्तापछि ईलाका प्रहरी कार्यालय देवस्थलकाे प्रहरीको टाेली र स्थानीयले खाेजिकार्य गरिरहेका थिए।