जेठ १९ काठमाडौ – नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ।

अर्थ मन्त्रालयले मंगलबार निगमलाई गरेकाे पत्राचार र गत १० गतेकाे मन्त्रीपरिषद बैठकबाट पेट्रोलियम पदार्थमा कर दररेट हेरफेर निर्णय भए अनुसार अहिले उक्त निर्णय संसदमा विचाराधीन रहेकाले तत्कालका लागि पुर्वाधार कर बराबर रहेकाे रकम अनुसारनै मूल्य समायाेजन गरिएको निगमले जनाएको छ।

प्रति लिटर १०/० रुपैयाँका दरले मूल्य घटाएपछि
अब पेट्रोलको मूल्य प्रतिलिटर १७० डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा कायम हुनेछ। याे मूल्य बिहीबार राति १२ बजेबाट लागू हुने पनि निगमले जनाएको छ।

खाना पकाउने ग्यासको मूल्य १८०० र हवाइ इन्धनको मूल्य प्रति लिटरको १६६ रूपैयाँ पहिलेकै यथावत रहेकाे छ।

त्यसैगरी अब एलपी ग्यास तर्फ भइरहेको घाटा न्युनिकरण गर्न भन्दै घरायसी र व्यवसायी प्रयाेजनका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने तयारी रहेकाे पनि निगमले जनाएको छ। निगमको बिहिबार बसेकाे बैठकले उक्त निर्णय गर्दै निगम संचालक समिति सदस्यहरुकाे संयाेजकत्वमा सरकारवाला प्रतिनिधि समेत रहने गरि एक उपसमिति गठन गर्ने निर्णय गरेकाे छ।

निगमलाई याे आर्थिक वर्षको बैशाख मसान्तसम्म ४७ अर्ब बराबरको घाटा भएकाे यहि तुलनामा असार मसान्तसम्म ६० अर्ब सम्मकाे घाटा हुने देखिएकाे निगमले जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ १९ गते बिहिवार