जेठ १६ रूपन्देही – जबर्जस्ती करणी गरेकाे अभियाेगमा तीन जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा देवदह नगरपालिका-६ बस्ने ३४ वर्षीय हेम बहादुर घर्ती मगर छन भने जबर्जस्ती करणी गर्न उनलाई सघाएकाे आराेपमा एक हाेटल संचालक सहित अर्का एक जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

पक्राउ परेका घर्ती मगरले एक २२ वर्षीया महिलालाई देवदह नगरपालिका-९ भलुहीस्थित एक होटलमा लिएर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि आइतबार बेलुका प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टाेलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

पिडितकाे उजुरीको आधारमा घर्तीले मात्रै जबर्जस्ती करणी गरेकाे र अन्य तीन जनाले उनलाई सघाएकाे मात्रै उल्लेख भएपछि साेधपुछ तथा अनुसन्धानकाे लागि हाेटल संचालक र अर्का एक जनालाई नियन्त्रणमा लिएको र एकजना अझै फरार रहेका छन। अहिले थप अनुसन्धान भइरहेकाले उनिहरुकाे वतन गाेप्य राखिएको प्रहरी उपरीक्षक रेग्मीले बताए

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार