जेठ १६ काठमाडौ – राप्ती लोकमार्ग र सहिद मार्गको लागि ३ अर्व १२ करोड विनियोजन गरिएको छ।

कर्णाली र लुम्बिनी प्रदेश जाेडने मुख्य मार्ग मध्येकाे राप्ती राजमार्ग अन्तर्गत अमेलिया-तुलसीपुर- सल्यान -रुकुम मुसिकोट – छरेबगर सडक खण्ड र सहिद मार्गको दाङ- घोराही- राेल्पा थबाङ -रुकुम मैकोट सडक खण्डका लागि उक्त बजेट विनियोजन गरिएको हाे।

संसदमा आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेटबाट स्तरोन्नतीकाे लागि उक्त बजेट विनियोजन भएको हाे।

प्रकाशित मिति : २०७९ जेष्ठ १६ गते सोमवार