जेठ १३ राेल्पा – उद्योग वाणिज्य संघ राेल्पाले जिल्लाका सबै स्थानीय तहमा संयाेजक चयन गर्ने भएको छ।

संघको शुक्रबार बसेको कार्य समितिको बैठकबाट जिल्लाका दशवटै स्थानीय तहमा एक स्थानीय तह एक संयाेजक चयन गर्ने निर्णय गरि कार्य याेजना तयार गरिएको उद्योग वाणिज्य संघ राेल्पाका अध्यक्ष केशवकुमार आचार्यले बताए।

रोल्पा उद्योग वाणिज्य संघको विधान २०४९ छैटौं संशोधन परिच्छेद ३ धारा १३ मा ब्यवस्था भए बमोजिम उक्त निर्णय गरिएको र जिल्लाकाे नवनिर्वाचित कार्यसमितीले तीन महिना भित्र गर्नुपर्ने तथा विधान अनुुसारकाे काम भएकाले पनि गर्न लागेकाे अध्यक्ष आचार्यले जनसहारासंग बताए।

त्यसका लागि संघले जेठ २० देखि २३ गतेसम्म दशवटै पालिकामा सम्पन्न गर्ने कार्य याेजना तयार गरेकाे छ। सम्बन्धि स्थानीय तहकाे केन्द्रमै छनाेट गरिने छ। एक पालिका एक संयाेजक भएपछि सम्बन्धित पालिकाकाे उद्योग वाणिज्य संघसंग सम्बन्धित काम सबै संयाेजकले गर्ने हुदा व्यवसायीलाई जिल्ला कार्यालयमै धाउनुपर्ने बाध्यता नहुने र व्यवसायीहरुकाे हकहितकाे साथै पालिकाकाे समग्र विकासकाे लागि समेत केही टेवा पुग्ने अध्यक्ष आचार्यले बताए।

प्रकाशित मिति : २०७९ जेष्ठ १३ गते शुक्रवार