कात्तिक ३ म्यादी – गत असार पच्चिस गत्ते म्याग्दीको धवलागिरी गाउँपालिका ६ मरङ्ग र मालिका गाउँपालिका ७ बिममा गएको बाढी पहिरोले धेरैलाई बिछोड बनायो त कतिलाई घरबार बिहिन समेत बनायाे।
धेरैले यो सरदमा भित्र्याउने अनाज भित्र्याउन पाएनन भने, वर्षेनी संगै मनाउदै आएको यो दशै संगै मनाउन नपाउदा पिडाले विक्षिप्त भएका मनहरुलाई मलम पट्टी लगाउन बढी पहिरोबाट प्रभावित ६८ घरपरिवारलाई जर्मन मगर समाज हाम्बर्गले आउँदै गरेको दशै खर्च भनी राहत वितरण गरेकाे छ।
कार्तिक १ गत्ते बढी पहिरो प्रभावित धवलागिरी गाउँपालिका ६ मरङ्ग र मालिका गाउँपालिका ७ बिममा जर्मनिबाट जर्मन मगर समाज हाम्बर्गको प्रतिनिधित्व गरी दानु राना मगरले स्थलगत अनुगमन गरी सहयोगकाे याेजना थालिएको थियाे। सहयाेग पाउदा पिडितहरुको ओठमा मुस्कान छाएको छ भने कोरोना महामारीबाट सुरक्षित रहन हाम्रो टिम नेपालबाट हजार पिस माक्स बितरण गर्दा पीडितहरु अत्यन्तै खुशी हुँदै धन्यवादको पुष्प गुच्छा दिएको बताइएको छ। थप स्थलगत रिपोर्ट सहितकाे भिडियो न्युज ग्यालरी नेपाल युटुव च्यानलबाट सार्वजनिक गरिने भएको छ।
फाेटाे फिचर हेर्नुहाेस: