जेठ ९ काठमाडौ – नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु अतिरिक्त महानिरीक्षक (एआईजी) काे बढुवा सिफारिसमा परेका छन।

सोमबार बसेको बढुवा समितिको बैठकले ५ डीआईजीलाई एआईजीमा बढुवाकाे लागि सिफारिस गरेकाे छ।

जसअनुसार उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, उत्तमराज सुवेदी, एक नम्बर प्रदेश प्रहरी प्रमुख अरुणकुमार बिसी, गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक मुकुन्द राज आचार्य र बागमती प्रदेश प्रमुख पूजा सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रकाशित मिति : २०७९ जेष्ठ ९ गते सोमवार