जेठ ५, सल्यान – सल्यानको दार्मा गाउँपालिकामा माओवादीले ‘क्लिन स्विप’ गरेको छ। पालिका अध्यक्षमा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा माओवादी केन्द्रकै जुना मल्ल चन्द विजयी भएका छन्।
आफ्ना निकटतम प्रतिस्पर्धीलाई एक हजारभन्दा बढीको मत अन्तरले पछि पार्दै अध्यक्षमा केसी र उपाध्यक्षमा चन्द निर्वाचित भएका हुन्।पालिकाको अध्यक्षमा विजयी भएका केसीले ४ हजार ४ सय ६४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र केसीले ३ हजार १४ मत ल्याए। एमालेका गणेशमान सिंहले १ हजार १ मत ल्याएका थिए। अध्यक्षमा निर्वाचित केसीले रामचन्द्रलाई १ हजार ४ सय ५० मतले पछि पारेका थिए भने चन्दलाई ३ हजार बढि मतले पछि पारे।
उक्त गाउँपालिकामा जम्मा १२४३७ मत मध्ये ९१४५ अर्थात ७३.४३ प्रतिशत मत खसेकाे थियाे।
अन्तिम मत परिणाम यस्तो छ।
गाउँपालिका अध्यक्ष
१) निमबहादुर केसी -माओवादी केन्द्र – ४४६४ मतभारकासाथ निर्वाचित
२) रामचन्द्र केसी – नेका – ३०१४ मतकासाथ निकटतम प्रतिद्वन्द्वी
३) गणेशमान सिंह -एमाले – १००१ मतकासाथ तेस्रो स्थानमा
४) दलबहादुर केसी (स्वतन्त्र पुतली ) ८९ मत
५) अनिशा नेपाली -राप्रपा – ३६ मत
६) कालुराम खत्री – जनमोर्चा – १५ मत
गाउँपालिका उपाध्यक्ष
१) जुना मल्ल चन्द – माओवादी केन्द्र – ४४६६ मतभारकासाथ निर्वाचित
२) उषा चन्द – नेपाली काँग्रेस – २८६४ मतकासाथ निकटतम प्रतिद्वन्द्वी
३) पुतला खड्का रोकाय – एमाले – १०७६ मतकासाथ तेस्रो स्थानमा
४) मदन चन्द (स्वतन्त्र पुतली ) – १४७ मत
५) कुलबहादुर देवकोटा – राप्रपा – ३६ मत
६) मुगी कामी – जनमोर्चा – ११ मत
वडा नं १ वडा अध्यक्ष पदमा
१) टंकबहादुर वली – माओवादी केन्द्र – ५२९ मतभारकासाथ वडा अध्यक्षमा निर्वाचित
२) कृष्ण वली – नेपाली काँग्रेस – ४९८ मतभारकासाथ निकटतम प्रतिद्वन्द्वी
३) बलबहादुर वली – एमाले – १११ मत
४) शुरेश चन्द (स्वतन्त्र पुतली ) – ३ मत
वडा नं २ को वडा अध्यक्ष पदमा
१) सार्की खत्री – माओवादी केन्द्र – ८११ मतभारकासाथ वडा अध्यक्षमा निर्वाचित
२) डिल्ली बहादुर चन्द – नेका – ५५६ मतकासाथ निकटतम प्रतिद्वन्द्वी
३) मीन बस्नेत -एमाले – ३७ मत
वडा नं ३ को वडा अध्यक्ष पदमा
१) पोखरबहादुर खत्री – माओवादी केन्द्र – ५१५ मतभारकासाथ वडा अध्यक्षमा निर्वाचित
२) दिपक रोकाय -एमाले – ४५१ मतकासाथ निकटतम प्रतिद्वन्दी
३) नरेश रावत – नेका – २६७ मत
४) मोहनलाल केसी – स्वतन्त्र पुतली – ९ मत
वडा नं ४ को वडा अध्यक्ष पदमा
१) चन्द्रबहादुर रावत – माओवादी केन्द्र – ९९९ मतभारकासाथ वडा अध्यक्षमा निर्वाचित
२) टेकबहादुर थापा – काँग्रेस – ३९१ मतकासाथ निकटतम प्रतिद्वन्दी
३) दिपक परियार -एमाले – १८० मत
वडा नं ५ को वडा अध्यक्ष पदमा
१) सुदिप केसी – माओवादी केन्द्र – ६८५ मतभारकासाथ वडा अध्यक्षमा निर्वाचित
२) विशाल सिंह – काँग्रेस – ५५८ मतकासाथ निकटतम प्रतिद्वन्दी
३) प्रकाश केसी – एमाले – २६६ मत
४) चित्रबहादुर खड्का (पुतली ) – ७६ मत
वडा नं ६ को वडा अध्यक्ष पदमा
१) देवी कुमारी खत्री – माओवादी केन्द्र – ९१६ मतभारकासाथ वडा अध्यक्षमा निर्वाचित
२) निमबहादुर रोका – काँग्रेस – ५९२ मतकासाथ निकटतम प्रतिद्वन्दी
३) गणेश बुढाथोकी -एमाले – १६१ मत
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित ६ वटै वडा अध्यक्ष गरि जम्मा ३२ स्थानमध्ये ३० स्थानमा माओवादी केन्द्रले विजय प्राप्त गरेको छ भने वडा नं १ को महिला सदस्य र खुला सदस्य १ जना गरेर जम्मा २ स्थानमा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ। एमाले,राप्रपा,जनमोर्चा र पुतलीले कुनै पनि स्थान जित्न सकेनन्।