जेठ ४ राेल्पा – एक कैदी बन्दी कारागार भित्र मृत अवस्थामा भेटिएका छन।
जिल्ला सदरमुकाम लिबाङ स्थित जिल्ला कारागारमा अपराधीक लाभ मुद्दाको कैद भुक्तान गरिरहेका सुर्खेत बराहताल गाउँपालिका -१ घाेडाआँखेका २७ वर्षिय विजय विक्रम शाह रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
कारागार भित्रकाे सौचालयलयकाे ढाेका भित्रबाट बन्द गरिएको धेरै घण्टा भएपछि नेपाली सेना सहितकाे टाेलीले उक्त सौचालयकाे ढाेका फाेडेर चेकजाँच गर्नेक्रमा शाहले आफ्नो गलबन्दी पासाे लगाएर झुन्डिएर आत्महत्या गरेकाे अवस्थामा मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले बताए।
बुधबार बेलुका करिब साढे ६ बजेतिर कैदी बन्दीले झुन्डिएर आत्महत्या गरेकाे खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरे सहित ५ जनाकाे प्रहरी टाेली र नेपाली सेनाको बटुक दल गण रोल्पाका गणपति प्रमुख सेनानी मणि थापा सहितकाे टाेलीले घटनास्थलकाे अनुगमन गरि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जिसीले बताए।