जेठ ४, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.८ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदका उम्मेदवार सुशील चन्द विजयी भएका छन । चन्दले कुल ६०६ मत ल्याइ विजयी भएका हुन ।
साथै उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कबिराम बस्नेतले ५२१ मत ल्याएका छन ।
यस्तै नेकपा एमालेका उम्मेदवार बिजन विकले ७१ मत र वडाध्यक्ष पदका उम्मेदवार पुतली चिन्हबाट ८ मत प्राप्त गरेका छन ।
यश वडामा जम्मा कुल मत १२४८ खसेको थियो ।
यस्तै बागचौर नगरपालिका हालसम्म १० वटा वडाको मतगणना भैसकेको छ । जसमा ५ वटा ३, ५, ८, ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ३ वटा ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले र वडा नं. ९ को वडाध्यक्ष र वडा नं. १० को सिङ्गो प्यानल नै नेकपा एमालेले विजय प्राप्त गरेको छ ।
बागचौरमा आझै २ वटा वडा मतगणना गर्न बाँकी रहेको छ ।