जेठ २ चितवन – देशव्यापी रुपमा चासाेका साथ हेरिएको भरतपुर महानगरपालिकामा मतगणना रोकिएको छ।

सत्तारूढ गठबन्धन दल र एमाले प्रतिनिधिबीच विवाद हुँदा मतगणना रोकिएको हो। मत संकेत गरिएको ठाउँमा स्वस्तिक छापको घेरामात्र देखिएको तर स्वस्तिक छाप स्पष्ट नदेखिएपछि अन्याेलका बिच दलका प्रतिनिधिहरुले हाेहल्ला गर्न थालेपछि आफुले हाेहल्ला नगरी छफलल गर्न निर्देशन दिएपछि झन दलका प्रतिनिधिले गणक कर्मचारी माथि नै प्रश्न गर्दै हटाउने सम्म कुरा उठेपछि विवाद सुरु भएको र छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

यसअघि पनि त्यस्तै प्रकृतिका दुई मत निर्वाचन अधिकृतले बदर गरेकाले अहिले पनि उक्त मत बदर गर्नुपर्ने र कर्मचारीले गणना गर्दा गठबन्धनको सदर भोटलाई बदर गरेकाे भन्दै गठबन्धन निकटका प्रतिनिधिले गणकनै निकाल्ने भनेपछि एमालेका प्रतिनिधिले हाेहल्ला गरेपछि विवाद बढेपछि मत गणना नै राेकिएकाे प्रजिअ तामाङले बताए।

अहिलेसम्म १६ हजार १३३ मत गणना भएको छ। त्यसमा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहाल १५ काे अग्रतामा छिन्।

प्रकाशित मिति : २०७९ जेष्ठ २ गते सोमवार