असाेज २९ राेल्पा – त्रिवेणी गाउँपालिका राेल्पामा क्षयरोग बिरामी उपचारको नतिजा काेहर्ट बिश्लेषण तथा क्षयरोग सम्बन्धि चाैमासिक समिक्षात्मक कार्यक्रम अाज सम्पन्न भएकाे छ ।
स्वास्थ मानव जीवनकाे लागि अति महत्त्वपूर्ण छ। तर हाम्रो जस्तो रुढीबादी समाजमा क्षयरोगलाई मानव जीवनले गरेकाे कुकर्मकाे फल हाे भन्ने भनाई छ तर क्षयकुष्ठ राेग अधिकृत नाेखराज पोख्रेलले समिक्षात्मक कार्यक्रममा स्वास्थ्यकर्मी र चिकित्सककाे सल्लाह बाेमजिम नियमित अौषधि सेवन गरे क्षयरोग पूर्ण रुपमा निकाे हुने र याे राेग कुनै पाप नभएर एक सरुवा राेग हाे त्यसैले समयमै उपचार गर्न सवैलाई आग्रह समेत गर्नु भएकाे छ ।
स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढा द्वारा सन्चालित कार्यक्रममा ल्याप टेक्निसियन जित बहादुर डाँगी ,क्षयकुष्ठ राेग अधिकृत नाेखिराज पोख्रेल ,त्रिवेणी गाउँपालिका ५ वटै वडाका स्वास्थ्य चाैकि ईन्चार्ज र २ वटा आधारभूत स्वास्थ केन्द्र प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे।
समिक्षात्मक कार्यक्रममा ११ जनाकाे सहभागीता रहेकाे थियोे।

प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार