चैत १९ माेरङ – आफै कार्यरत अस्पताल अगाडि एक चिकित्सक मृत फेला परेका छन।
सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका र विराटनगर स्थित नोबेल शिक्षण अस्पतालकाे अर्थोपेडिक वार्डमा कार्यरत एमबीबीएस डाक्टर २८ वर्षीय विजय यादव नोबेल शिक्षण अस्पताल अगाडि नै मृत भेटिएका हुन्। विराटनगर नोबेल अस्पतालकै अगाडि शनिबार बिहान मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।
अस्पताल अगाडि मानिस लडिरहेको भन्ने स्थानीयले प्रहरीलाई जानकारी गराए लगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली पुगेर मुचुल्का तयार गरि शवकाे पाेष्टमार्टम गर्ने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।
यादव आफै कार्यरत अस्पताल अगाडि मृत भेटिनुले संकास्पद रुपमा हत्या भएको भन्दै हत्यारालाई कारबाहीको दायरामा ल्याउन स्थानीयले नाराबाजी समेत गर्न थालेपछि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जिसीले बताए।