चैत १० बाँके – विश्वब्यापी रुपमा कोभिड महामारी शुरु भए पश्चात नेपालकाे परिवेशमा काेभिड संक्रमितकाे उपचार र मृत्यु हटस्पटकाे रुपमा रहेकाे भेरी अस्पतालमा उपचाररत संक्रमित संख्या पहिलाे पटक शुन्य भएको छ।
आज भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत संक्रमितको संख्या बिहिबार शुन्य रहेको डिसीएमसी बाँकेका फाेकल प्रर्सन तेज वलीले बताए।
२०७७ बैशाख १९ गते नेपालगन्जमा पहिलो पटक संक्रमण फेला परे संगै क्रमिक रुपमा विरामी बढ्ने क्रम रहदै उच्च जाेखिमकाे अवस्था सम्म पुग्दा समग्र देशकाे ध्यान भेरी अस्पतालमा थियाे। महामारीको शुरुवात देखि हाल सम्म DCMC बाँकेको तथ्याड्क अनुसार २१३२७ जना संक्रमित हुदा २०९७५ जना निको भएकाे भने बाँके जिल्ला भित्रका ३५२ जनाले ज्यान गुमाएकाे उल्लेख छ ।
त्यसैगरी जिल्ला बाहिरबाट आएका संक्रमित मध्ये ४४९ जनाकाे मृत्युु भएको तथ्यांकमा उल्लेख छ। उक्त तथ्यांक अनुसार भेरी अस्पतालमा मात्रै ८०१ जनाले ज्यान गुमाएकाे तथ्यांक छ।