चैत ४, सल्यान – बागचौर नगरपालिकाको वडा नं. १० मा नगर प्रमुख बुढाथोकीले एकै दिन ३ वटा कार्यक्रमको उद्घाटन गरेका छन ।
बुढाथोकीले पिपलनेटामा एकै दिन पिपलनेटा स्वास्थ्य चौकी भवन, महेन्द्र माविको ४ कोठे पक्की भवन र १० नं. कै तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा बोल्दै बागचौर नगरपालिकाका नगरप्रमुख लोकमान बुढाथोकीले बागचौर नगरपालिका वडा नं.१० ले विकासको गतिमा तिब्रता पाएको बताएका छन ।
एक करोड ७० लाखमा निर्माण भएको पिपलनेटा स्वास्थ्यचौकीको उद्घाटन गर्दै नगरप्रमुख बुढाथोकीले स्वास्थ्य क्षेत्रमा वडा वासीलाई सहजता थपिएको बताएका छन् । उनले वडानं.१० को भूगोल र त्यस क्षेत्रको जनघनत्वको आधारमा उत्कृष्ट स्वास्थ्यचौकीको पुर्वाधार तयार भएको बताए ।बुढाथोकीले स्वास्थ्यचौकीको उद्घाटन गर्नु मात्र प्रमुख कुरा नभएर,त्यसको संरक्षण गर्नु मुख्य बिषय भएकाले त्यता तिर ध्यान दिन वडा वासीलाई आग्रह गरेका छन्
यस्तै नगरप्रमुख बुढाथोकीले बागचौर नगरपालिका वडा नं.१० को तेस्रो वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता र ३६ लाख नगर अनुदानबाट निर्मित महेन्द्र मावि पिपलनेटा को ४ कोठे पक्की भवन उद्घाटन गर्दै मान्छेको सबैभन्दा ठूलो सम्पत्ति भनेको शिक्षा भएको बताएका छन् । उनले शिक्ष, स्वास्थ्य र खेलकुदसँग जोडिएको कार्यक्रममा आफुहरु निर्वाचन भए यता सिमित बजेट बाट असीमित काम गर्नको लागि जनचाहना अनुसार, लागि परेको बताए । नगरप्रमुख बुढाथोकीले वडा अध्यक्ष खेलकुद प्रतियोगिताको लागि सफलताको शुभकामना दिदै खेलाडीहरुलाई अनुशासित पुर्वक खेलखेल्न आग्रह गरेका छन ।
त्यस्तै कार्यक्रमको विशिष्ट अतिथि बागचौर नगरपालिकाकी उप-प्रमुख कल्पना पुनले बागचौर नगरपालिकाका १२ वटै वडाका मावि विद्यालयमा आधुनिक खाले भवन निर्माण गरिएको बताइन् । उनले अझै त्यस्ता पुर्वाधार निर्माणको लागि आफुहरु लागि परेको बताउदै भौतिक पुर्वाधारसँगै शैक्षिक अवस्थालाई सुधार गर्न तर्फ नगर सरकारको मुख्य उद्देश्य रहेको बताइन । पुनले आफुहरु जननिर्वाचित भएपछि भूगोलको विकाससँगै न्यायीक क्षेत्र, चेतनाको स्तरमा वृद्धि गर्न र लक्षित बर्गका कार्यक्रमहरु जनता माझ लागू गरेको समेत बताएकी छन ।
यस्तै कार्यक्रममा बोल्दै बागचौर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख टेकबहादुर डिसीले बागचौर नगरपालिकाका सम्पुर्ण बिधालयहरुमा प्रबिधी मैत्री शिक्षा प्रदान गर्ने अभियान आफुहरु रहेको बताएका छन । उनले खेल क्षेत्रलाई शिक्षासँग जोडेर लिन सकिने भन्दै खेलले शारिरिक, मानसिक तथा संवेगात्मक रुपमा विकास हुने कुरा बताउँदै खेल क्षेत्र जिवनको एउटा् महत्त्वपूर्ण पाटो भएको बताए ।
चैत ६ गतेसम्म संचालन हुने वडा अध्यक्ष कप प्रतियोगितामा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु संचालन गरिने वडा अध्यक्ष कृष्ण कुमार खड्काले जानकारी दिएका छन । कार्यक्रममा विभिन्न मौलिकता बोकेका नाच तथा झाँकिहरु प्रस्तुत गरिएको थियो ।
बागचौर नगरपालिका वडा नं.१० का वडा अध्यक्ष कृष्ण कुमार खड्काको अध्यक्षता र वडा सदस्य शेरवहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक नवराज गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७८ चैत्र ४ गते शुक्रवार