चैत्र १ काठमाडौ – वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना खोलेको छ।
प्रहरी प्रधान कार्यालय नक्शालले एक सूचना सार्वजनिक गरी म्यादी प्रहरीको भर्ना खोलेको जनाउँदै आवेदन खुलाइएको बताएको छ । ४० दिनका लागि भर्ना गरिने र त्याे अवधि भित्री ३० हजार २४० रुपैँया तलब तोकिएको छ। त्यसका अलावा खाद्यान्नबापत ७ हजार दुई सय र खाद्यान्नबापत ६ हजार भत्ता गरि प्रतिव्यक्ति म्यादी प्रहरीले ४३ हजार बढी तलब पाउने सुचनामा उल्लेख छ। याे तलब स्केल प्रहरी जवान सरहकाे हाे।
आगामी ६ चैत्र देखि ११ चैत्रसम्म सार्वजनिक बिदाको दिन बाहेक कार्यालय समयभित्र १८ देखि ५४ वर्ष सम्मकाहरुले दरखास्त दिन सकिने बताएको छ। आवेदन दिने इच्छुक उमेदवार कुनै नैतिक पदत देखिने फौजदारी अभियोगमा कसूरदार नठरिएको, राजनीतिक दलको सदस्य नरहेको, साधारण लेखपढ गर्न जान्ने हुनुपर्ने बताएको छ।
अन्य भुपु सुरक्षाकर्मीहरुकाे हकमा सेवा निवृत्त सेना, प्रहरी र पूर्व सुरक्षाकर्मी तथा पूर्व वन रक्षकहरुलाई विशेष प्राथमिकतामा राखिने उक्त सुचना उल्लेख छ ।
सुचनाकाे पुर्णपाठ: