फाुगन ५ दाङ – आफ्नै सासूकाे हत्या गरेकाे आरोपमा बुहारी सहित हत्यामा संलग्न दुईजना महिलालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका वडा नं.१९ खानिगाउँ बस्ने मृतकको छोरा बुहारी २३ वर्षिय बसन्ती घर्ती र साेहि ठाउँकि २२ वर्षिय दुर्गा घर्ती रहेकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुधबार बिहान ५५ वर्षिय इन्द्र कुमारी घर्ती आफ्नै घर नजिकै छिमेकीको घरमा न्वारन खान गएपछि राती सम्म पनि घरमा नआउदा घरका आफन्तहरुले इन्द्र कुमारीको खोजतलास गर्दै जाने क्रममा बिहीबार बिहान करिब ८ बजेतिर उनकै घर नजिकै रहेको खोल्सामा रगताम्य भई मृत अवस्थामा फेला परेको अवस्थामा स्थानीयले शव भेटाएका थिए।

उक्त घटनाको सुचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय दाङबाट प्रहरी निरीक्षक झबिन्द्र परियारकाे कमान्डमा खटिएकाे प्रहरी टोलीले घटनास्थलकाे प्रारम्भिक अनुसन्धानबाट मृतक सासु र बुहारी बसन्ती घर्ती बिच घरायसी विवादका कारण बसन्ती घर्तीले मृतक इन्द्र कुमारी घर्तीको टाउकोमा काठको मुंग्रोले हिर्काई अचेत भए पश्चात छिमेकी दुर्गा घर्तीको सहयोगमा दुबै जना मिली घर नजिकैको बारीको ढिकबाट खोल्सोमा खसाली हत्या गरेको भन्ने प्रारम्भिक बयानबाट खुल्न आएको र पक्राउ परेकि दुवैलाई माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार