फागुन ३ रोल्पा – खुकुरी प्रहार गरि घाइते बनाएकाे अभियाेगमा राेल्पा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ।
गंगादेव गाउँपालिका-४ गौरामाठे बस्ने २७ वर्षीय महेश वलीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही गाउँपालिका-४ डलसिङ्गे बस्ने ३९ वर्षीय पर्शुराम वलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।
साेहि गाउँपालिकाकाे तिखेचुला भन्ने ठाउँमा दुई जना बिच सामान्य विवाद पछि पर्शुरामले खुकुरी प्रहार गर्दा महेश गम्भीर घाइते भएका थिए। उक्त घटनाको खबर पाए लगत्तै प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टाेलीले पर्शुरामले प्रयाेग गरेकाे खुकुरी सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।
गम्भीर घाइते भएका महेशको साेहि गाउँपालिकाकाे मालेखोलामा रहेकाे स्वास्थ्य चौकीमा प्राथमिक उपचार पछि थप उपचारकाे लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराही पठाइएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए।