फागुन १ बाँके – भेरी अस्पतालमा थप एकजना काेभिड संक्रमितकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा खजुरा गाउँपालिका -२ बाँकेका २३ वर्षिय पुरुषकाे आइतबार बिहान करिब ५ बजेतिर मृत्यु भएकाे डिसीएमसी बाँकेका फाेकल पर्सन तेज वलीले बताए।
मृतक पुरुषमा गत माघ २७ मा संक्रमण पुष्टि भएको र साेहि दिन देखि भेरी अस्पतालमा र उपचाररत थिए । उनले भेराेसेलकाे दुबै मात्रा खोप लगायको र यो संगै बाँके जिल्लाको मृत्युु संख्या ३५१ र अन्य जिल्लाको मृत्यु संख्या ४४५ पुगेकाे फाेकल पर्सन वलीले बताए।