माघ १८ माेरङ – जग्गाकाे विवादमा छाेराले आमाको हत्या गरेका छन।

पथरी शनिश्चरे नगरपालिका-२ का ४८ वर्षीय कमल श्रेष्ठले जग्गाकाे विवादलाई लिएर आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको रहस्यमय तरिकाले हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय माेरङले जनाएको छ।

गत १२ गते देखी घरैबाट एक्कासी हराएकी भनिएकी वृद्धाको हत्या पछी जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गर्दा ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले साेमबार दिउँसो हत्या गर्ने छाेरा कमललाई पक्राउ गरेको थियो।

पक्राउ परेका श्रेष्ठले बुबाको नाममा रहेको १५ कट्ठा ९ धुर जग्गा आमा तथा अन्य भाईहरुलाई समेत थाहा नै नदिई आफ्नो श्रीमतीको नाममा बनाएको र उक्त कुरा आमा लगायत अन्य भाईहरुलाई जानकारी भए पश्चात अदालतमा मुद्धा समेत परेको तथा अदालतले उक्त जग्गा मध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको हुँदा रिसको आवेगमा आमाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे र घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेकाे जिल्ला प्रहरी कार्यालय माेरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

प्रकाशित मिति : २०७८ माघ १८ गते मङ्गलवार