राप्रपा पूर्व अध्यक्ष कमल थापाद्वारा नयाँ नेतृत्वको आलोचना
माघ ८ काठमाडौ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विधानबाट हिन्दु राष्ट्र र राजसंस्था भन्ने शब्द र झन्डामा भएको गाई हटाउन निर्वाचन आयाेगले पत्र पठाएको छ।
संविधानको प्रस्तावना एवं भावना प्रतिकुल भएकाले गत माघ २ गते राप्रपालाई पठाएको पत्रमा संशोधित विधानको प्रस्तावना नम्बर ४ मा रहेको ‘सनातन हिन्दु राष्ट्र एवं राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश हटाउन, प्रस्तावना नम्बर ५ मा रहेकाे `अन्तरिम विधान´ भन्ने हटाई `प्रजातन्त्र पार्टीको विधान २०७८´ बनाउन लगाएत ८ बुदामा समावेश गरि निर्देशित पत्र पठाएको हाे।
त्यसैगरी राष्ट्रिय चिन्ह तथा राष्ट्रिय व्यक्तित्वहरुकाे फाेटाे राजनीतिक दलहरूलाई प्रदान नगर्न र यदि गरिसके भए पुनरावलोकन गर्न आयाेगबाट २०७७/१०/०७ काे निर्णय अनुसार झण्डाकाे मध्ये भागमा रहेको गाईको तस्बिर हटाई साेहि बमोजिम अनुसुचि उल्लेख गर्न आयोगद्वारा निर्देशित पत्रमा उल्लेख छ।
तर यसबारे करिब एक साता बितिसक्दा पनि राप्रपाले आफ्नो कुनै आधिकारिक धारणा सार्वजनिक गरेकाे छन। उता आयाेगले भने राप्रपालाई विधान बमाेजिम आधिकारिक निकायबाट निर्णय गरि संशोधित विधान र नियमावली ७ दिन भित्र आयाेगमा पेश गर्न आदेश दिएपनि राप्रपाले उक्त म्याद गुजारीसकेकाे छ।
राप्रपा पूर्व अध्यक्ष कमल थापाकाे आपत्ति
आयाेगकाे पत्र प्रति पुर्व अध्यक्ष समेत रहेका थापाले गत माघ २ गते नै आयोगले पठाएको पत्र हालकाे नेतृत्वले लुकाएर राख्नुमा आफू आश्चर्यजनक भएकाे र जवाफ दिन नसकेको भन्दै सामाजिक सञ्जाल मार्फत नयाँ नेतृत्वको आलोचना गर्दै असन्तुष्टि व्यक्त गरेका छन्।
पुर्व अध्यक्ष थापा लेख्छन्; निर्वाचन आयोगले राप्रपाको विधानबाट “हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र” शब्दावली तथा झण्डामा रहेको ‘गाई’ हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ। यो निर्णय अस्विकार्य छ। विगतमा आयोगको यस्तै निर्णयलाई संघर्षबाट हामीले उल्टाएका थियौँ।२०७८ माघ २ गते आयोगले पठाएको पत्रवारे वर्तमान नेतृत्वले कुनै प्रतिक्रिया व्यक्त नगर्नु र सो पत्र अहिले सम्म लुकाएर राख्नु आश्चर्यजनक छ। निर्वाचन आयाेगकाे पत्र पुर्णपाठ 
