माघ ६ काठमाडौ – कोरोना संक्रमण रोकथाम गर्ने विकल्प स्वरुप काठमाडौं उपत्यका भित्र यातायात संचालनमा जाेरबिजाेर प्रणाली लागू गर्ने भएको छ।
बिहीबार काठमाडौ उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेबाट लागू हुनेगरी जाेरबिजाेर प्रणाली लागू गर्ने निर्णय गरेको हो। पछिल्लो समय देशभर देखिएकाे संक्रमितहरुका तथ्यांक मध्ये काठमाडौ उपत्यका सबैभन्दा बढी संक्रमित फेला पर्दै आएका छन।
स्मार्ट लकडाउनकाे कार्यविधि अनुसार जाेरबिजाेर प्रणाली लागू भएपछि सरकारी तथा निजि सबै सवारी साधनहरु जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सन्चालन हुनेछन। उक्त संयुक्त बैठकबाट उपत्यका भित्र लागू हुनेगरि १६ बुदे आदेश समेत जारी भएकाे छ।
