पुस २८ कैलाली – दुई पुरुष बिच आपसमा कुटाकुट भएपछि एक जनाकाे ज्यान गएकाे छ।

लेटाङ नगरपालिका वडा नं.-२ फडानी बस्ने ८० वर्षिय डम्बर बहादुर भुजेल र सुन्दर हरैचा नगरपालिका वडा नं.-२ बस्ने ६३ वर्षिय प्रेम बहादुर बुढाथोकी बिच सामान्य विवाद हुदा भुजेलले बुढाथोकी माथि टाउको तथा अनुहारमा बन्चरो प्रहार गरेपछि बुढाथोकीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटना पछि ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले भुजेलाई पक्राउ गरी कर्तब्य ज्यान कसूरमा जिल्ला अदालतबाट दिन ५ दिनकाे म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले बताए।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार