मंसिर २५, सुर्खेत – नेकपा माओवादी केन्द्रको प्रथम प्रदेश स्तरीय अधिवेशन शनिबारदेखि सुर्खेतको वीरेन्द्रनगर ६ स्थित सिटी हलमा सुरु भएको छ ।

कर्णाली प्रदेशको नेतृत्वका लागि कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका १६ जना केन्द्रीय सदस्यमध्ये १४ जनाले नेतृत्वका लागि आंकाक्षा देखाएका छन् ।

कर्णालीबाट केन्द्रीय सदस्य रहेका हालका अध्यक्ष राजकुमार शर्मा र सचिव रामदिप आचार्य, केन्द्रीय सदस्य, कर्णाली प्रदेश सह-ईन्चार्ज, सल्यान जिल्ला संघिय सांसद माननीय टेकबहादुर बस्नेत, कालीबहादुर मल्ल, बिन्दमान विष्ट, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, झकबहादुर मल्ल, मायाप्रसाद शर्मा, नरेश भण्डारी, गजेन्द्र महत, विजय भण्डारी, सत्या पहाडी, वसन्त शर्मा र नरबहादुर विष्टले अध्यक्ष हुने आंकाक्षा देखाएका छन् ।
१६ जना केन्द्रीय सदस्य मध्ये २ जना पूर्वमन्त्री शक्ति बहादुर बस्नेत र हालका अर्थमन्त्री जर्नादन शर्माले भने प्रदेशको अध्यक्षका लागि आकांक्षा नदेखाएको बुझिन्छ ।

कर्णालीका १० जिल्लाका करिब ८ जना प्रतिनीधिहरूको सहभागितामा कर्णाली प्रदेशको सम्मेलन सुरु भएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार