मंसिर २४ काठमाडौ – नेपाल प्रहरीका पूर्व डीआईजी रहेका रमेश खरेलले शुक्रबार आफुले नयाँ पार्टी खाेल्ने बताएका छन।

सुशासनका लागि विभिन्न अभियान मार्फत सक्रिय रहेका खरेल यसअघि नेपाल सुशासन अभियान नामबाट भ्रष्टाचार विराेधी जनचेतनामूलक कार्यक्रम गर्दै आएका थिए। देशमा विद्यमान समस्याकाे रुपमा रहेको भ्रष्टाचार, हत्या हिंसा जस्ता कुशासनलाई निर्मुल गर्न र समृद्ध देशकाे परिकल्पना स्वरुप आफुले यस्तो निर्णय गरेकाे खरेलले बताए।

प्रहरी संगठनमा रहदा पनि कडा रुपमा प्रस्तुत भएर राम्रो छवि बनाएका खरेलले शुक्रबार दिउँसो ३ बजे अनामनगरमा एक कार्यक्रमकाे आयाेजना गरेर  “नेपाल सुशासन पार्टी” नामक नयाँ पार्टी खाेल्ने बताएका छन।

काभ्रेपलान्चोककाे बलुवामा जन्मिएका खरेल प्रहरी संगठनमा मात्र नभएर नेपाल राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान पनि हुन।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार