मंसिर १३ राेल्पा – गाउँपालिका स्तरीय द्रुत प्रतिकार्य समूहलाई एक दिने अभिमुखिकरण कार्यक्रम सुनछहरी गाउँपालिका केन्द्र पोबाङमा सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष आशबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पबित्रा घर्तीमगर, गाउँपालिकाको ७ वटै वडाको स्वास्थ्य चौकीका प्रमुखहरु, नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति खिमबहादुर बिष्ट, इलाका प्रहरी कार्यालय पोबाङका सह-इन्चार्ज केशबहादुर घर्ती, आइएन एफ रोल्पाका कार्यक्रम अधिकृत तिलक भण्डारी लगाएतको उपस्थित रहेको थियो।
विपद व्यवस्थापन सम्बन्धि नितिगत तथा व्यवहारिक विषय वस्तु माथी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनबहादुर पुनले जानकारी गराउनु गराएका थिए। भने कार्यक्रममा सहभागीहरुलाई स्वागत गाउँपालिका उपाध्यक्ष घर्तीमगरले गरेकि हुन। कार्यक्रमको संन्चालन स्वास्थ्य शाखा प्रमुख जगत बुढाले गरेका थिए।