श्रावण २६ प्युठान – जिल्लाकाे स्वर्गद्वारी नगरपालिकामा संगै अन्य ठाउमा सलह दाेस्राे पटक प्रवेश गरेकाे छ । स्वर्गद्वारी नगरपालिका वडा न: २ खालमा अझ बढि मात्रामा देखियकाे छ ।
केही दिन अगाडि हावाहुरीले मकैमा क्षति पुर्याएर चिन्तामा रहेका किसान अहिले सलह पनि प्रवेश गरेपछि झन चिन्तामा रहेका छन । सलह भगायउनकाे लागि थालि,ड्रम ठटाउने र ठुलाे स्वरमा मान्छे कराउने, आगाे धुवा पुत्ताउनमा नै किसानहरु व्यस्त देखिन्छन् ।
मकैमा घाेगा लाग्ने समयमा नै हावाहुरी र सलहले एकै साथ क्षति पुर्याउन थाले पछि याे वर्ष मकै उत्पादमा कमि आउन सक्ने किसानहरुकाे अनुमान छ ।