दाङमा काठकाे विषयलाई लिएर विवाद हुदा एक जनाकाे हत्या भएको छ।

राजपुर गाउँपालिका- ४ सन्तपुरुवा गाउँमा काठको विषयलाई लिएर भएको विवादमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–४ फोहरा निवासी ५५ वर्षीय भोलाप्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

साेहि ठाउँका २२ वर्षीय इच्छाकुमार रैदाससँग रामजानकी सामुदायिक वनबाट सालको काठ काटेर ल्याएको विषयलाई लिएर विवाद भएको थियो । रैदासका बाबू उक्त सामुदायिक वनका वन हेरालु भएको खुलेको छ।  विवाद उग्र बन्दा रैदासले भोलाको टाउको पटकपटक लठ्ठी र छेउमै रहेको बञ्चराे प्रहार गरेपछि यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बाेहराले बताए ।

मृतक यादवको शव पोस्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ । घटनामा संलग्न आरोपी रैदास फरार रहेका छन् ।

प्रकाशित मिति : २०८३ बैशाख २७ गते आइतवार