रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित झोलुङगे (भाईरल) पुलबाट हाम्फालेर एक किशोरको मृत्यु भएको छ ।

त्रिवेणी गाउँपालिका १० सालघारी निवासी कर्णबहादुर ओलीका छोरा १७ वर्षीय महेन्द्र ओलीको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

खलंगाको बहराहटाकुरा र सल्ले जोड्ने पुलबाट आज बिहान ३ बजे महेन्द्रले हाम्फालेको भनि सूचना प्रहरीलाई प्राप्त भएकाे थियाे। पुलबाट करिब दुई सय मिटर तल खोलामा खसेका महेन्द्रको टाउको फुटेको मृत अवस्थामा दुई ढुंगाको बिचमा शव रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए।

कक्षा १२ मा अध्ययनरत महेन्द्र मुसिकोट नगरपालिका -१ स्थित कारागार नजिकै कोठा गरेर बस्दै आएका थिए । उनिले प्रेम सम्बन्धका कारण आत्महत्याकाे बाटाे राेजेकाे उनकाे फेसबुकबाट बुझिन्छ। उनलेे फेसबुकमा एक किशोरी सहितको संयुक्त फाेटाे राख्दै लेखेका छन ` म यसकै कारण मर्दै छु पहिला माया गर्छु भनेर आस देखायि मन्दिर नि लगि यो केटिले त सबलाइ यस्तै गर्ने रहेछे सुरु सुरुमा माया गरे। जस्तै गर्ने पछि पुरानो हुदै गय पछि बानिब्बाहर मन परेन रे सरि आमा बुबा दिदि दाइ यसलाई सजाय दिनु होला अनि मात्र मेरो आत्मा ले सान्ति पाउछ यो पापिनिलाइ Sorry Aama buba DD daii vauju 😭😭🥺😭🥺😭🥺🥺 म मर्यो भनेर चिन्त नगर्नु होला अरु नि हुनुहुन्छ दाइ हरु म पर्द मा केहि हुदैन यो पापिनी लाइ‌ सजाय दिनु होला,😭😭🥺🥺

घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा कागजी प्रक्रियाको काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ चैत्र १ गते आइतवार