दाङकाे तुलसीपुरमा पछिल्लो समय खुकुरी प्रहारका घटना बढन थालेका छन।
तुलसीपुर उपमहानगरपालिका -८ कृष्ण मन्दिर स्थित अश्वार बस्ने सन्दीप भन्ने रिजन बिकले साेहि नजिकै रानीजरुवा बस्ने २५ पोषण डाँगीलाई एक्कासी खुकुरी प्रहार गरि घाइते बनाएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
माेटरसाइकल रोकि एक्कासि खुकुरी प्रहार गर्दा पोषण डाँगीको दायाँ हातको चोर औला र माझी औलामा काटिएको अवस्था सामान्य उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा तुलसीपुरमा उपचारपछि डिस्चार्ज भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाले बताए।
खुकुरी प्रहारपछि फरार रहेकालाई खाेजिकार्यका लागि खटिएको प्रहरीले २२ वर्षिय रिजन बि.कलाई रानिजरुवाबाट गरिएको प्रहरी निरीक्षक रानाले बताए। यसअघि पनि यस्ता दिनदहाडै खुकुरी प्रहार तथा लुटपाटका घटना श्रृङखलाबद्द भइरहेकाले तुलसीपुर क्षेत्र असुरक्षित समेत मान्न थालिएको छ।