राेल्पाकाे गंगादेवमा राष्ट्रिय स्वतन्त्र पार्टीले पालिका स्तरीय समिति गठन गरेको छ।
भर्चुअल माध्यमबाट गंगादेव गाउँपालिका -३ का तिलक राज ओलीलाई सभापति चयन गर्दै दुईजना पछि मनाेनयन गर्नेगरि २१ सदस्यीय पालिका स्तरीय समिति गठन भएको रोल्पा जिल्ला सभापति रमेश थापा क्षेत्रीले बताए।
कमिटी गठन प्रक्रिया कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेश सभापति देवराज पाठक, विशेष अतिथि रोल्पा जिल्ला सभापति रमेश थापा क्षेत्री, रोल्पाली सेवा समाजका अध्यक्ष महेन्द्र घर्ती लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी गङ्गादेव गाउँपालिकाले वडा नम्बर ७ मा वडा स्तरीय कमिटी पनि गठन गरेको छ। त्यसैगरी गङ्गादेव प्रवास सम्पर्क विभाग गठन पनि गरेको छ। जसमा मलेसिया, दुबई, कतार, साउदी, काेरीया, जापान, तुर्किस्थान, कुवेत, भारत, राेमानिया र क्राेसियाबाट समेत सम्पर्क कमिटी गठन गरेको छ।
तदर्थ गाउँपालिका कमिटी
१) तिलकराज ओली (सभापति)
२) जानकी वली (उपसभापति)
३) लोकेन्द्र केसी (सचिव)
४) भीमसेन ओली (स.सचिव)
५) चुडामणि डाँगी (कोषाध्यक्ष)
६) लोकमा डागी (सदस्य)
७) चुडामणि बि.क. (सदस्य)
८) नवीन घर्ती (सदस्य)
९) रेशम डाँगी (सदस्य)
१०) गणेशकुमार ओली (सदस्य)
११) वीरबहादुर ओली (सदस्य)
१२) घनश्याम केसी (सदस्य)
१३) दिपेश ओली (सदस्य)
१४) प्रेम ओली (सदस्य)
१५) रमेश राणा। (सदस्य)
१६) लक्ष्मण ओली (सदस्य)
१७) भीमसेन पुन मगर (सदस्य)
१८) भक्तबहादुर डाँगी (सदस्य)
१९) लोकेन्द्र के.सी. (सदस्य)
राेल्पामा अहिले सक्रिय रुपमा आफ्नो गतिविधि अघि बढाएको रास्वपाले जिल्लाका विभिन्न पालिका तथा वडाहरुमा सदस्यता वितरण र कमिटी गठन गर्ने काम गरिरहेकाे छ। जिल्ला सभापति रमेश थापा क्षेत्रीका अनुसार अहिले जिल्ला भर २ हजार बढी रास्वपा सदस्य भइसकेको बताए।