सल्यानमा केही दिन पहिले युवा मृत भेटिएकाे घटनाले नयाँ रुप लिएको छ।
गत जेठ १५ गते दिउँसो साथीहरूसँग वनगाड कुपिण्डे–४ मा लागेको मेला हेर्न गएका वनगाड कुपिण्डे नगरपालिका–६ का २३ वर्षीय शंकर बिसी मृत फेला परेका थिए। प्रहरीले जेठ १६ गते दिउँसो डुडाखोल–कुवाखोलामा वन क्षेत्रकाे रूखमा झुन्डिएको अवस्थामा शरीरका विभिन्न भागबाट रगत बगिरहेको अवस्थामा मृत फेला परेकाे थियाे।
त्यसपछि उनिसंगै सँगै मेला हेर्न उनकै गाउँका २७ वर्षीय साजन बिसी, २६ वर्षीय राजु बुढा क्षेत्री र २१ वर्षीय सोमराज केसीलाई शंकरको शव फेला परेलगत्तै अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियाे।
पोष्टमर्टम रिपोर्टमा युवकको मृत्युको कारण शंकास्पद रहेको देखिएपछि जिल्ला प्रहरी कार्यालय सल्यानले विभिन्न दृष्टिकोणबाट उक्त घटनालाई अनुसन्धान गर्न थाल्याे। उक्त अनुसन्धानमा खटिएको प्रहरी टाेलिले प्रहरी हिरासतमा रहेका चार जनाविरूद्ध कर्तव्य ज्यान मुद्दा चलाउन माग दाबी सहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक केशर न्यौपानेले बताए।
उनिहरु मेलाबाट फर्ने क्रममा माेटरसाइल दुर्घटनामा पर्दा शंकर गम्भीर घाइते भएको खुल्न आएको छ। त्यसपछि मदिराले मातेका उनका साथीहरूले उनलाई उपचार गर्नुकाे साटाे थप हत्या गरेको प्रहरी अनुसन्धानले देखाउछ। उनिहरुले गम्भीर घाइते शंकरकाे उपचारमा धेरै खर्च लाग्न सक्ने ठानेर घाइतेलाई अस्पताल लैजानुको साटो मिलेमतोमा नजिकैको जंगलको रूखमा लगेर झुण्ड्याएर हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी न्यौपानेले बताए ।
उनिहरु पहिला शंकर सहित चार जना थिए। शंकर र सोमराज सवार मोटरसाइकल दुर्घटनामा परेपछि पक्राउ परेका सोमराजका जेठान दीपक रावतको घर नजिकै रहेकाले मोटरसाइकल चढेर दिपकलालाई बाेलाउछन। त्यसपछि त्यहा दिपककाे पनि संलग्नता देखिन्छ।
तर पक्राउ परेका चारै जना याे घटनाबारे बाेल्दैनन। नबाेल्नुकाे पहिलो कारण मोटरसाइकल अर्काको हुनु, चालकसँग सवारी चालक अनुमति पत्र नहुनु जस्ता कारणहरूले पनि उनीहरू आत्तिएर गलत निर्णयमा पुगेको अनुमान प्रहरीको छ।
मोटरसाइकल शंकरले नै चलाएको भन्ने मात्रै खुलाएका छन। तर मोटरसाइकल दुर्घटनामा परेको पुष्टि भइसकेकाे छ। यतिसम्म कि दुर्घटनापछि उनिहरु अटाे समेत बाेलाउन खाेजेका थिए।घाइतेलाई हस्पिटल लैजानका लागि राति १ बजेतिर अटो चालकसँग सम्पर्क गरेको कुरा पनि प्रहरीले अनुसन्धानकन क्रममा फेला पारेको छ। त्यसपछि प्रहरीले ती अटोवालासँग पनि बयान लिएको थियो। उनले राति १ बजे आफूलाई एक जना युवाले फोन सम्पर्क गरेको तथा आवश्यक परेमा फेरि सम्पर्क गर्ने भने पनि फेरि फाेन दोहोर्याएर सम्पर्क नगरेको बयान गरेका थिए।
उनिहरु दुई वटा मोटरसाइकलमा हिडेका थिए। शंकर सवार भएको माेटरसाइकल दुर्घटनामा परेपछि घटना घटन पुगेको हाे। प्रहरीले उनिहरु माथि मुख्य तिनवटा कारणले दाेषि भएको ठहर गरेको छ पहिलो दुर्घटना भइसकेपछि पनि उनिहरु संग अर्काे एउटा माेटरसाइल छ तर शंकरलाई रातिमा तत्कालै हस्पिटल नलिनु, घाइते अवस्थाका शंकर अस्पताल नगई आफै कसरी झुण्डिन जान सक्छन् र त्याे जंगलमा घाइते शंकर आफै झुन्डिन भारी बोक्न प्रयोग हुने नाम्लो (बरियो) कसरी ल्याउछन ? भन्ने कुरालाई प्रहरीले प्रमुख आशंकाको घेरा बनेको डिएसपी न्यौपाने बताउछन।
प्रहरीले सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा यिनै आधारहरू प्रस्तुत गर्दै पक्राउ परेका चारै जनाविरूद्ध कतर्व्य ज्यान मुद्दा चलाउन माग दाबी गरेको छ।