दाङमा दुई दिनअघि भएको बस दुर्घटनाकी एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ।
शुक्रबार बिहान १० बजेतिर तुलसीपुर उपमहानगरपालिका– १८ बिजौरीको डाँडागाउँ नजिक घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १३८२ नम्बरको बस दुर्घटना भएको थियाे साेेहि दुर्घटनामा परि घाइते भएकि तुलसीपुर उपमहानगरपालिका– १८ की ३२ वर्षीया इन्द्रा थापाको उपचारका क्रममा आइतबार बेलुकी साढे ७ बजे नरसिंह होम नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।
उक्त दुर्घटनामा परि २१ जना घाइते भएका थिए।