रुकुम पश्चिममा दसैं टीकाको दिन पुलबाट हाम फालेका एक युवकको घटनास्थलमै मृत्यु भएको छ।
मुसीकोट नगरपालिका -१ का ३७ वर्षीय बुद्धिराम बोहराले टीकाको दिन दिउँसो ४ बजेतिर स्थानीय झोलुङ्गे पुलबाट हाम्फालेकाे र उनकाे घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
मठ र सल्ले जोड्ने झोलुङगे पुलको माथिकाे झन्डै ६ सय मिटर उचाइमा रहेको पुलबाट बोहराले हाम फाल्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोख्रेलले बताए।
श्रीमतीले सम्बन्ध विच्छेदकाे माग गरेपछि बुद्धिरामले पुलबाट हाम फालेको प्रहरी प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको र श्रीमतीले टचर दिएपछि मरिदिन्छु भन्दै हाम फालेको भन्ने खुलेको र बोहराको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिए डिएसपी पोख्रेलले बताए।