दाङ तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको चमेना गृह (क्यान्टिन) काे रुपमा रहेको राप्ती नास्ता पसलमा नास्ताका परिकारमा श्रृङखलाबद्व रुपमा लापरबाही गरिएको भेटिएको छ।
गत जेठ २७ गते उपचारका लागि अस्पताल आएका तुलसीपुर–१७ का बम बहादुर बस्नेतले खाना तयारी गरिएको चाउमिन प्लेटमा मानिसकाे पालिस लगाएको नङ फेला परेको थियाे भने साेमबार साेहि अस्पतालमा कार्यरत नर्सले नास्ता खानेक्रममा चाउमिनमा किरा भेटिएको हाे।
अस्पताल जस्तो संवेदनशील निकायकाे आधिकारिक क्यान्टिनमा नै अखाद्य बस्तु त्यहिमा पनि निरन्तर फेला पर्नुले अस्पताल प्रशासन र क्यान्टिन संचालककाे लापरबाही भएको सेवाग्राहीहरुले बताएका छन।
यसअघि नङ भेटिएको समयमा काँचो तयारी चाउमिनमा नै उद्योगबाटै उक्त नङ आएको हुनसक्ने भन्दै क्यान्टिन संचालक शुसील वली गल्तीबाट पन्छिएका थिए तर अहिले किरा समेत भेटिएपछि आफुहरु सबैले यसतर्फ राम्रोसँग नहेर्नु आफ्नो पनि कमजोरी रहेको स्विकार गरेका छन।
प्रादेशिक अस्पतालमा चेकजाँचका लागी गएको अवस्थामा नास्ता खानका लागि अस्पतालकाे गेटभित्र रहेको राप्ती नास्ता पसल (चमेना गृह) मा चाउमिन खाना जादा प्लेटमा चाउमिन सँगै मान्छेको पालिस लगाएको नङ फेला परेको