रोल्पा अस्पताल रेउघामा संचालन भएको तीन जिल्ला लक्षित पाठेघर खस्ने समस्या भएका १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया गरिएको छ।
असार ६ गतेदेखि सञ्चालन गरिएको पाठेघर खस्ने समस्या भएका बिरामी महिलाको निःशुल्क शल्यक्रिया शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट रोल्पाका ७७ जना, रुकुम पूर्वका २१ जना र प्युठानका ३९ जना गरी तिन जिल्लाका करिब १ सय ३७ जना महिलाको पाठेघरको सफल शल्यक्रिया सेवा पाएका छन।
३९ वर्षदेखि ८६ वर्ष उमेर सम्मका महिलाहरूको पाठेघरको सफल शल्यक्रिया गरिएको छ। शल्यक्रिया गरिएका महिलाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको रोल्पा अस्पतालकी मेसु डाक्टर लोकरत्ना ज्ञवालीले बताइन्।
लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयको आयोजना, रोल्पा अस्पताल, स्वास्थ्य कार्यालय रोल्पा, तिन वटा जिल्लाका स्थानीय तहहरूको व्यवस्थापन र कोहलपुर बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाँकेको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियाे।