नदिमा डुबेर सल्यानमा एक बालक सहित एक पुरुषको मृत्यु भएको छ।

कालिमाटी गाउँपालिका -७ का ३७ वर्षिय दिलबहादुर कार्की र साेहि ठाउँका प्रकाश परियारको ५ वर्षिय छाेरा सुवास परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

शनिबार अपरान्ह ४ बजेतिर नुहाउने भन्दै बबई नदिमा गएकोमा अबेरसम्म घर नफर्केपछि स्थानीय र आफन्तले खाेजतलास गर्दै जादा मृतक दिलबहादुरकाे घर देखि १ किलोमिटर टाढा बबई नदिमा शनिबार राति करिब १० बजे दुवै जनाकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीले बताए।

शव फेला परेपछि दुवै शव भेरी अस्पताल नेपालगन्ज पठाइएको र अहिले दुवै शव साेहि अस्पतालकाे शव गृहमा राखिएको डिएसपी कार्कीले बताए।

प्रकाशित मिति : २०८१ जेष्ठ ६ गते आइतवार